birat ribon

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष आपत्तिजनक अवस्थामा पक्राउ

Neuro
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष आपत्तिजनक अवस्थामा पक्राउ

विराटनगर / भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव होटलबाट महिलासहित आपत्तिजनक पक्राउ परेका छन् । बुधबार राति धरानस्थित डुकु होटलमा एक महिलासँग आपत्तिजनक अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार इनरुवाकी एक महिलासँग उनी पक्राउ परेका हुन् । अध्यक्ष यादव दिउँसो नै सरकारी गाडीमा होटल आएको भन्ने स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । सोही सूचनाका आधारमा उनलाई पक्राउ गरिएको थापाले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

cura insider
jackson ribon