birat ribon

लकडाउन कोरोना नियन्त्रणको अन्तिम विकल्प : मोदी

Neuro
लकडाउन कोरोना नियन्त्रणको अन्तिम विकल्प : मोदी

विराटनगर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी नियन्त्रणको अन्तिम विकल्प लकडाउन भएको बताएका छन् । बुधबार देशबासीको नाममा गरिएको सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित क्षेत्रलाई अन्य क्षेत्रसँगबाट अलग गर्नु नै रहेको कोरोना नियन्त्रणको अन्तिम विकल्प भएको बताएका हुन् ।

कोभिड सङ्क्रमणको दोस्रो लहर थप जटिल हुँदै गएपछि प्रधानमन्त्री मोदीले समस्यालाई नियन्त्रणमा राख्न प्रतिबन्धात्मक निर्देशनको सहारा लिनुको विकल्प नदेखिएको उनले बताए ।

cura insider

उनले भारतमा कोरोनाविरुद्धको खोप अभियान तीव्र गतिमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बञ्चित नहुने विश्वास व्यक्त गर्दै सरकारले महामारी नियन्त्रणका लागि यथासम्भव काम गरिरहेको पनि बताए ।

jackson ribon