birat ribon

भाल्भेर्डेले चेल्सीसँगको खेल गुमाउने

Neuro
भाल्भेर्डेले चेल्सीसँगको खेल गुमाउने

विराटनगर / रियल मड्रिडका मिडफिल्डर फेडे भाल्भेर्डेलाई कोभिड–१९ सङ्क्रमण भएको छ । बुधबार रियलले भाल्भेर्डे कोरोना सङ्क्रमित भएको पुष्टि गरेको हो ।

कन्टक्ट ट्रेसिङमा परेपछि उरुग्वेका भाल्भेर्डे आइतबारयता आइसोलेसनमै थिए । त्यसबीचमै उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

cura insider

अब भाल्भर्डेले ला लिगाअन्तर्गत काडिज र रियल बेटिसविरुद्धको खेल गुमाउनेछन् । त्यसैगरी, उनले च्याम्पियन्स लिगअन्तर्गत इङ्ग्लिस क्लब चेल्सीसँगको पहिलो लेगको खेल पनि गुमाउनेछन् । रियलले सेमिफाइनलमा चेल्सीको सामना गर्दै छ ।

jackson ribon