birat ribon

सास गन्हाउने समस्या मधुमेहको सङ्केत हुनसक्ने

Neuro
सास गन्हाउने समस्या मधुमेहको सङ्केत हुनसक्ने

विराटनगर / मुख गन्हाउने समस्यालाई धेरैले सामान्य समस्या सम्झने गर्छन् । दाँत तथा मुखको सफाइमा ध्यान नदिँदा, गलत खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, पेटमा समस्या हुँदा मुख वा सास गन्हाउने समस्या (हेलिटोसिस) हुन्छ ।

तर, सास गन्हाउने समस्या मधुमेहको सङ्केतसमेत हुनसक्छ । मुख सुक्खा हुँदा पनि सास गन्हाउने हुन्छ । मधुमेहका बिरामीको मुख सुक्खा हुने तथा उनीहरूलाई धेरै प्यास लाग्ने हुन्छ ।

cura insider

प्रशस्त मात्रामा पानी नपिएमा मुख सुक्खा हुन्छ जसकारण मधुमेहका बिरामीमा सास गनाउने हुनसक्छ । यसबाहेक पीरियडोनटल (गिजासम्बन्धी) रोग र रगतमा किटोन्सको उच्चस्तर मधुमेहसम्बन्धी हेलिटोसिसका दुई मुख्य कारण हुन् । मधुमेहले रक्त नलीहरूलाई हानी पु¥याउँछ, जसले गिजासहित शरीरमा रगत प्रवाह कम गर्न सक्छ ।

रगतको उचित मात्रा नपाउँदा गिजा र दाँत कमजोर भइ सङ्क्रमणको सम्भावना बढेर जान्छ । मधुमेहले मुखमा ग्लूकोजको मात्रा बढाएर ब्याक्टेरियाको वृद्धि, सङ्क्रमण, र सास गन्हाउने समस्या बढाउँछ । त्यस्तै, शरीरले इन्सुलिन बनाउन नसक्दा शरीरका कोषले आवश्यक ग्लुकोज पाउन सक्दैनन् । यस अवस्थामा शरीरले ऊर्जा उत्पन्न गराउन बोसोलाई बर्न गर्न थाल्छ ।

चिनीको सट्टा शरीरको बोसो बर्न हुँदा किटोन्स उत्पादन हुन्छ, जुन रगत र पिसाबमा निर्माण हुन्छ । शरीरमा किटोन्सको उच्च मात्रा हुँदा यस अवस्थालाई डायबेटिक किटोएसिडोसिस भनिन्छ । जसकारण सास गनाउने समस्या निम्तिन सक्छ । मधमेहको समस्या भएको मानिसमा गुलियो, फलफूल जस्तो गन्ध आउन सक्छ ।

किटोन्समध्ये एक, एसिटोन (नेल पलिसमा हुने केमिकल)ले सासमा नेल पोलिसजस्तो गन्ध निम्त्याउन सक्छ ।

jackson ribon