birat ribon

विराटनगरमा मानवसेवा आश्रमको भवन शिलान्यास

Neuro
विराटनगरमा मानवसेवा आश्रमको भवन शिलान्यास

विराटनगर / मानवसेवा आश्रम विराटनगर शाखाको भवन शिलान्यास गरिएको छ । विराटनगर महानगरपालिका–५ स्थित डिपिएस स्कुलपछाडि रहेको जग्गामा शिलन्यास गरिएको हो ।

मानवसेवा आश्रम परोपकारी मानवताप्रेमी मनहरूको साथ र सहयोगमा सडकपेटी र सार्वजनिक स्थलहरूमा अत्यन्तै कष्टपूर्ण एवं पीडादायी जीवनयापन गर्दै आइरहेका सहयोगापेक्षी मानिसको उद्धार, उपचार, परामर्श र पारिवारिक पुनर्मिलनमा सक्रिय छ ।

cura insider

विराटनगरमा ३ वटा घर भाडामा लिएर सञ्चालन भइरहेको मानवसेवा आश्रमलाई आफ्नै संरचनामा सञ्चालन गरिनेछ । करिब ५० कोठाको हुने उक्त भवनको अनुमानित लागत २२ करोड छ । सो भवनको डिजाइनमिस नेपाल २०१८ एवं आर्किटेक्ट इन्जीनियर शृङ्खला खतिवडाले गरेकी हुन् ।

jackson ribon