birat ribon

ओली र नेपालबीच साढे दुई घण्टा वार्ता

Neuro
ओली र नेपालबीच साढे दुई घण्टा वार्ता

काठमाडौँ / सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार काठमाडौंस्थित होटल मारियटमा करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान (एक्ला एक्लै) वार्ता भएको हो ।

पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको छ । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्वको साथ हेरिएको छ ।

cura insider

वार्तापछि दुवै नेताहरूले प्रतिक्रिया दिएनन् । चैत ३ गते एमाले कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच वार्ता भएको हो ।

jackson ribon