birat ribon

निर्देशन अवज्ञा गर्दै पार्टी प्यालेस उद्घाटनमा पुगे प्रदेश राज्यमन्त्री

Neuro
निर्देशन अवज्ञा गर्दै पार्टी प्यालेस उद्घाटनमा पुगे प्रदेश राज्यमन्त्री

विराटनगर / कोरोना जोखिम उच्च रहेको भन्दै सङ्घीय सरकारले सभा तथा समारोह गर्न र सार्वजनिक ठाउँमा भेला हुन बन्देज लगाएको छ । केन्द्र सरकारले बन्देज लगाएको दोस्रो दिन प्रदेशका राज्यमन्त्री पार्टी प्यालेस उदटन गर्न पुगेका छन् ।

बुधबार प्रदेश १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा कञ्चनजङ्घा पार्टी प्यालेसको उद्घाटन गर्न पुगेका हुन् । कार्यक्रममा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियत आउने कार्यक्रम थियो । तर आलोचना हुने भएपछि उनले राज्यमन्त्रीलाई पठाएका थिए ।

cura insider

करिब ६० जनाको उपस्थितिमा रिबन काटेका थिए । यसअघि विराटनगर ११ मा भाडामा रहेको पार्टी प्यालेस बन्द भएको १४ महिनापछि आफ्नै भवनमा सरेको हो । साढे चार कठ्ठा क्षेत्रफलमा कञ्चनजङ्घा पार्टी प्यालेस निर्माण गरिएको छ ।

jackson ribon