birat ribon

दिल्लीबाट विराटनगर आएका ६ जनामा कोरोना पोजेटिभ

Neuro
दिल्लीबाट विराटनगर आएका ६ जनामा कोरोना पोजेटिभ

विराटनगर / भारतको नयाँ दिल्लीबाट विराटनगर आएका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबार सीमावर्ती क्षेत्र रानीमा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

रोजगारीका लागि दिल्ली पुगेका उनीहरू भारतमा कोरोना महामारी फैलिएपछि घर फर्किएका थिए । सँगै घर फर्किएका ८ मध्ये पाँच जना पुरुष हुन् । एक जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

cura insider

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार नाकामा एन्टीजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकामध्ये पाँच जना जहदा गाउँपालिका–७ र एक जना विराटनगर महानगरपालिका–१७ की २७ वर्षीया महिला हुन् ।

भारतको नयाँ दिल्लीबाट घर फर्किएका जहँदा गाउँपालिका– ७ का २०, २१, २२, २६ र २८ वर्षीय पुरुष छन् । चोरबाटो हुँदै नाकाबाट नेपाल भित्रँदै गरेका ८ जनालाई सशस्त्र प्रहरीले हेल्थ डेस्कमा पठाएको थियो ।

जाँच गर्दा पोजेटिभ देखिएपछि जहदा गाउँपालिकासँग समन्वय गरेर सङ्क्रमितलाई होम आइसोलेसनमा बस्नेगरी पठाइएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए । बुधबार नै विराटनगरमा ४१ जनाको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको थियो ।

एन्टीजेन जाँच गर्दा कोरोना पोजेटिभ देखिएकाहरूलाई होम आइसोलेसनमा राखिएको जहदा गाउँपालिका स्वास्थ्य संयोजक राजकुमार दासले जानकारी दिए । रानी नाकाबाट मङ्गलबार एक जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । विराटनगर महानगरपालिकाका– १ की २७ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

वैशाख २ गते सुनसरीको इटहरी उपमहानगरपालिका–८ की एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । वैशाख २९ गते उदयपुरकी ४५ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको थियो ।

jackson ribon