birat ribon

आइपिएलमा हैदरावादको पहिलो जित

Neuro
आइपिएलमा हैदरावादको पहिलो जित

विराटनगर / सनराइजर्स हैदरावादले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा हैदरावादले पन्जाव किङ्ग्सलाई ९ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा पन्जावले दिएको एक सय २१ रनको लक्ष्य हैदरावादले १८.४ ओभर खेल्दा एक विकेटको क्षतिमा पूरा ग¥यो ।

cura insider

हैदराबादका लागि जोनी बैर्स्टले अजिवित ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान डेभिड वार्नर ३७ रनमा आउट हुँदा केन विल्सन १६ रनमा नटआउट रहे ।

बलिङतर्फ फाबियन अलेनले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९.४ ओभरमा अलआउट हुँदै एक सय २० रन बनाएको थियो ।

पन्जावका मयङ्क अग्रवाल र शाहरुख खानले समान २२ रन बनाए । क्रिस गेलले १५ रन जोडे भने मोइसेस हेर्निक्सले १४ रन बनाए । दीपक होडा १३ रनमा आउट हुँदा भए ।

हैदरावादका खलिल अहमेदले तीन विकेट लिए । अभिषेक शर्माले २ विकेट लिएका थिए ।

जितसँगै हैदरावाद चार खेलमा २ दुई अङ्क जोड्दै पाँचौ स्थानमा उक्लियो । पन्जाव भने समान अङ्कका साथ पुछारमा छ ।

jackson ribon