birat ribon

शान्ति मिसनमा सुडान पुगेका विराटनगरका मेहता मृत भेटिए, मृत्युको कारणबारे परिवार अनभिज्ञ

Neuro
शान्ति मिसनमा सुडान पुगेका विराटनगरका मेहता मृत भेटिए, मृत्युको कारणबारे परिवार अनभिज्ञ

विराटनगर / नेपाल प्रहरीबाट संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनका क्रममा सुडानको डार्फुरमा पुगेका विराटनगरका एक पुरुष मृत भेटिएका छन् । खाना खाएर सुतेको अवस्थामा विराटनगर–१४ घर भएका प्रहरी सहायक (भान्से) उमेशकुमार मेहता मृत भेटिएका हुन् ।

घटना गत चैत १८ गते रातिको हो । अघिल्लो दिन श्रीमतीसँग फोनमा कुरा गरेका मेहताको मृत्यु भयो भन्दै भोलिपल्ट परिवारमा जानकारी आएको थियो । सुतेकै स्थानमा मृत्यु भएको बताइएपनि परिवारलाई मृत्युको कारण बारे बताइएको छैन ।

cura insider

४६ वर्षीय मेहताकी श्रीमती गुड्डुकुमारी मेहताले मृत्युअघि चैत १८ गते राति १० देखि ११ बजेसम्म फोनमा कुरा भएको बताइन् । चैत्र १९ गते बिहान करिब ५ बजे श्रीमानको मृत्यु भएको जानकारी आएको उनले बताइन् ।

मेहता गत वर्ष कात्तिक १६ गते सुडान गएका थिए । उनी जेठ १६ गते घर आउने योजनामा थिए । श्रीमानसँग राति कुरा हुँदा सदाझै सहज र पारिवारिक कुराकानी भएको बताएकी गुड्डुले श्रीमानको मृत्युको कारण हालसम्म जानकारीमा नआएको गुनासो गरिन् ।

मृत्यु भएको करिब १९ दिनपछि शव अन्त्येष्टिका लागि पाएको बताउँदै उनले सोमबार विराटनगरमा अन्त्येष्टि गरिएको जानकारी दिइन् । दुई छोरा, एक छोरी र श्रीमतिसहित परिवारलाई बिहान बेलुकाको छाक टार्ने मेहता एक्ला सदस्य हुन् ।

मेहताको मृत्युपछि काजक्रियामा बसेका २८ वर्षीय जेठा छोरा आकाशकुमार मेहताले भने, ‘बुबाको मृत्यु कसरी भयो केही जानकारी पाएनौँ ।’ मेहताको निधनसँगै घर कसरी चलाउने सोचमा श्रीमती गुड्डुकुमारीको चिन्ता छ ।

२८ वर्ष जागिरमा बिताएका मेहता २ वर्षपछि रिटार्यड हुने क्रममा थिए । पहिलोपटक शान्ति मिसन टोलीमा सहभागी मेहता विराटनगरको रानीस्थित सशस्त्र प्रहरी बलको गण प्रहरी सहायक(भान्से)का रूपमा कार्यरत रहेका थिए ।

मिसनका लागि असोज १६ गतेका काठमाडौँमा तालिममा रहेका थिए । त्यसको एक महिनापछि एक सय ८० जनाको टोलीमा उनी सहभागी हुँदै सुडान उडेका थिए ।

jackson ribon