birat ribon

मनका स्वरहरूमा लुकेको कवित्व

Neuro
मनका स्वरहरूमा लुकेको कवित्व

विराटनगर / कवि रामबाबु दाहालको काव्य कृति ‘मनका स्वरहरू’मा सङ्ग्रहित कविताबारे बुधबार विराटनगरमा विमर्श गरिएको छ ।

एलिट क्लबद्वारा आयोजित कृति विमर्श कार्यक्रममा मनका स्वरहरूमा सङ्ग्रहित कविताहरूले कवि दाहालभित्र लुकेको विशिष्ट काव्यिक चेत सार्वजनिक गरेको चर्चा गरिएको थियो ।

cura insider

कवि रामबाबु दाहाल सुन्दर कविताका रचनाशिल्पी हुन् । उनका अधिकतर कविता मन छुने खालका छन् । कविले चार दशकदेखिको लेखनयात्रालाई प्रमाणित गरेका छन् ।

टिप्पणीकर्ताहरूका अनुसार कवि दाहाल सुन्दर कविताका रचनाशिल्पी हुन् । उनका अधिकतर कविता मन छुने खालका छन् । कविले चार दशकदेखिको लेखनयात्रालाई प्रमाणित गरेका छन् । नारी अस्मिताको सम्मानजनक अभिव्यक्ति कवि दाहालका कवितामार्फत मुखरित भएका छन् ।

कार्यक्रममा समालोचक दघिराज सुवेदी, प्राध्यापक टङ्कप्रसाद न्यौपाने, कविहरू कुन्ता शर्मा, बम देवान, विवश पोखरेल, सीमा आभास, समीक्षक हरि कट्टेल, पत्रकार यज्ञ शर्मालगायतले कवि दाहालको लेखन शिल्पको प्रशंसा गरेका थिए ।

विश्वनाथ रिजालको अध्यक्षतामा भएको सो कार्यक्रममा कवि दाहाललाई दाहाल प्रतिष्ठानका तर्फबाट सम्मान पनि गरिएको थियो । कृति विमर्शका बीच–बीचमा कविहरू मन्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, रोमा निरौला र शिवनारायण पंण्डितले कवि दाहालका कविता सुनाएका थिए ।

jackson ribon