birat ribon

एमाले अध्यक्ष ओली र नेपालबीच मेरियटमा भेट

Neuro
एमाले अध्यक्ष ओली र नेपालबीच मेरियटमा भेट

विराटनगर । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । फुटको सङ्घारमा रहेको एमालेका अध्यक्ष ओली र नेता नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो ।

बुधबार दिउँसो प्रधानमन्त्री ओलीलाई माधव पक्षका नेता योगेश भट्टराईले भेटेका थिए । योगेशसँग भेटेपछि प्रधानमन्त्री ओली नेपालसँग भेट तयार भएका थिए ।

cura insider

नेकपा एमालेमा दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा छ । अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई कारवाहीका लागि स्पष्टिकरण सोधेपछि बुधबार नै नेपाल पक्ष नेताले ओलीको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

jackson ribon