birat ribon

अनुहारमा राम्रोसँग फिट भए एउटै मास्क काफी

Neuro
अनुहारमा राम्रोसँग फिट भए एउटै मास्क काफी

विराटनगर / कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न मास्क लगाउनु अहिलेका लागि महत्त्वपूर्ण मानिन्छ ।

जसकारण मानिसहरू एकै पटकमा डबल (दुईवटा) वा ट्रिपल (तीनवटा) सम्म मास्कको प्रयोग गरिरहेका छन् । दोहोरो मास्क लगाएर प्राप्त हुने सुरक्षाले भाइरस सार्ने जोखिमलाई अवश्य पनि घटाउने मान्यता हुन्छ । तर, एन ९५ वा तीन पत्र भएको मास्कको प्रयोग गर्दा दुईवटा मास्क लगाउनु आवश्यक हुँदैन । मास्क अनुहारमा राम्रोसँग फिट भएमा, सास फेर्न समस्या नभएमा र भाइरल फिल्टरेसन परीक्षण गरिएको छ भने एउटै मास्क लगाउनु उचित हुन्छ ।

cura insider

मास्कको छनौट गर्दा राम्रो गुणस्तरको मास्क जसमा कम्तिमा तीन तह समावेश भएको हुनुपर्छ । कोभिडबाट बच्नका लागि मास्क लगाउनु मात्र पर्याप्त हुँदैन । यसलाई राम्रोसँग लगाउने तरिका पनि जान्न जरुरी हुन्छ । र, यो अनुहारमा राम्रोसँग फिट भई मास्कले नाक र मुखलाई कभर गर्ने हुनुपर्छ । यदि अनुहारमा राम्रोसँग फिट हुने बहु तहबाट बनेको राम्रो गुणस्तरको मास्क प्रयोग गरिएको छ भने थप मास्कको प्रयोग गर्नु आवश्यकता पर्दैन ।

कोही मानिसहरू बोल्नका लागि मास्क तल तानेर बोल्ने वा नाकको तल लगाउने गर्छन् । यो थप हानिकारक हुनसक्छ । मास्कको बाहिरी सतहलाई छोएपछि तुरुन्त साबुनपानीले हात धुनुपर्ने हुन्छ । सतहमा भाइरस हुनसक्ने हुँदा मास्कलाई एकपटक लगाएपछि छुनु उचित हुँदैन । हालको समयमा मानिसहरू आफ्नो लुगासँग मिल्ने मास्क लगाउन चाहन्छन् ।

विशेषज्ञहरूका अनुसार मास्क खरिद गर्दा लुगासँग मिल्नु पर्ने प्राथमिकता दिनुभन्दा पनि मास्क फिट भएको र यसले सास फेर्न कुनै समस्यामा ननिम्त्याउने हुनुपर्छ । तर, कपडाले बनाएको मास्क प्रयोग गर्दा भने थप सुरक्षाका लागि दुईवटा कपडाको मास्क वा सर्जिकलसहितको कपडाको मास्कको प्रयोग गर्नुपर्छ । साथै, राम्रो गुणस्तरको मास्क नभएमा उच्च जोखिमयुक्त ठाउँमा जाँदा तथा स्वास्थ्य सेवा कार्यकर्ताले मात्र एकभन्दा बढी मास्कको प्रयोग गर्नेबारे विचार गर्नुपर्छ ।

jackson ribon