birat ribon

आज एकैदिन दुई हजार तीन सय ५१ जनामा कोरोना सङ्क्रमण

Neuro
आज एकैदिन दुई हजार तीन सय ५१ जनामा कोरोना सङ्क्रमण

विराटनगर / नेपालमा कोरोना भाइरसका दुई हजार तीन सय ५१ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार आठ सय ४४ आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार दुई सय २० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा आठ सय तीन जनाको एन्टीजेन परीक्षण गरेकोमा एक सय ३१ जनामा पोजिटिभ पाइएको जनाएको छ । एन्टीजेनसहित नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार तीन सय ५१ जनामा कोरोना फेला परेको हो ।

cura insider

मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यससँगै नेपालमा कोरोनाका हाल दस हजार पाँच सय ८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई सय ८७ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९५ दशमलव ३ प्रतिशतमा तल पुगेको हो । हाल ८६ जना क्वारेन्टाइनमा छन् ।

सङ्क्रमितमध्ये एक सय ८० जना आइसीयू र ४७ जना भेन्टिलेटरमा रहेर उपचार गरिरहेका छन् ।

jackson ribon