birat ribon

जाली नोटसहित तीन जना पक्राउ

Neuro
जाली नोटसहित तीन जना पक्राउ

सुनसरी / सुनसरी प्रहरीले इनरुवा नगरपालिका–४ स्टार होटल अगाडिबाट मङ्गलबार साँझ जाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट नेपाली जाली नोट एक हजार दरका चार सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

cura insider

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्धा दर्ता गराई थप अनुसन्धानसमेत भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

jackson ribon