birat ribon

नेपाल एक खेलअगावै त्रिकोणात्मक सिरिजको फाइनलमा

Neuro
नेपाल एक खेलअगावै त्रिकोणात्मक सिरिजको फाइनलमा

काठमाडौँ / नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएसँगै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो ।

पटक–पटक पानी परेर बिथोलिएको खेलमा मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । तर मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन मात्रै बनाएपछि खेल बराबरीमा सकियो र दुवै देशले समान एक–एक अङ्क बाँडेका हुन् ।

cura insider

बराबरीसँगै मलेसिया त्रिकोणात्मक सिरिजबाट बाहिरिएको छ । प्रतियोगिताबाट बाहिरिए पनि मलेसियाले भोलि नेपालविरुद्ध खेल्नेछ ।

यता, फाइनलमा पुगेको नेपालले नेदरल्यान्ड्ससँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल आगामी शनिबार दिउँसो १ः१५ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

jackson ribon