birat ribon

निस्क्रिय सङ्क्रमित अस्पताल भर्ना हुने सम्भावना बढी

Neuro
निस्क्रिय सङ्क्रमित अस्पताल भर्ना हुने सम्भावना बढी

विराटनगर / कोरोना भाइरसको सङ्क्रमण भएकामा शारीरिक गतिविधिको कमीले लक्षण गम्भीर हुने वा मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको छ ।

ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा उल्लेख गरेअनुसार ५० हजार मानिसमा गरेको अध्ययनले सङ्क्रमितमा व्यायामको कमीले सङ्क्रमण गम्भीर हुने तथा सङ्क्रमितको मृत्यु हुने देखाएको हो । महामारी सुरू हुनुभन्दा दुई वर्ष अगाडिसम्म शारीरिक रूपमा निष्क्रिय रहेका मानिस अस्पताल भर्ना हुने, आइसियूमा राख्नुपर्ने तथा मृत्यु हुने अध्ययनमा पत्ता लागेको हो ।

cura insider

अन्वेषकहरूले सन् २०२० को जनवरी र अक्टोबरको बीचमा अमेरिकाको ४८ हजार चार सय ४० कोरोना सङ्क्रमितलाई अध्ययनमा समावेश गरेका थिए । औसतमा ४७ वर्ष उमेर रहेका पाँचमध्ये तीन महिलालाई लिइएको थियो । आधा बिरामीहरूलाई मधुमेह, फोक्सोको समस्या, क्यान्सर, मिर्गौला रोग र हृदय रोग जस्ता कुनै रोग थिएन । २० प्रतिशतमा कुनै एक र ३० प्रतिशतभन्दा बढी मानिसहरूमा दुई वा सोभन्दा बढी रोग थियो ।

अध्ययनमा सहभागी भएकाहरूमध्ये १५ प्रतिशतले निष्क्रिय (एक हप्तामा ० देखि १० मिनेटको शारीरिक गतिविधि गर्ने) भएको बताएका थिए । ८० प्रतिशतले (११ देखि एक सय ४९ मिनेटको शारीरिक गतिविधि गर्ने) शारीरिक रूपमा सक्रिय रहेको र सात प्रतिशतले आफूलाई पूर्ण रूपमा फिट भएको बताए ।

निष्क्रिय रहेका सङ्क्रमित अन्यको तुलनामा दुई गुणा अस्पताल भर्ना हुने जोखिममा थिए । त्यस्ता व्यक्तिहरूमा आइसियूमा राख्नुपर्ने जोखिम ७३ प्रतिशत र मृत्युको जोखिम २.५ गुणा बढी हुन्छ । त्यस्तै कहिले काहीँ शारीरिक गतिविधिमा भाग लिने मानिसको तुलनामा कुनै गतिविधि नगर्ने सङ्क्रमित २० प्रतिशतले अस्पताल भर्ना हुने जोखिममा थिए भने उनीहरूमा आइसियूमा राख्नुपर्ने जोखिम १० प्रतिशत र ३२ प्रतिशतमा मृत्युको जोखिम हुन्छ ।

jackson ribon