birat ribon

इन्टरले पनि युरोपियन सुपर लिग नखेल्ने

Neuro
इन्टरले पनि युरोपियन सुपर लिग नखेल्ने

विराटनगर / इटालियन क्लब इन्टर मिलानले युरोपियन सुपर लिग (इएसएल) खेल्न अस्वीकार गरेको छ । बुधबार इन्टरले आधिकारिक रूपमा नयाँ घोषणा गरिएको सुपर लिगको संस्थापक नरहने जनाएको हो ।

यसअघि प्रतियोगिताको चौतर्फी आलोचना भएपछि आर्सनल र लिरभपुलसहित प्रिमियर लिगका ६ वटै क्लबले सुपर लिगबाट नाम फिर्ता लिएका थिए । त्यस्तै आजै मात्र स्पेनिस क्लब एथ्लेटिको मड्रिडले पनि संस्थापकबाट आफ्नो नाम फिर्ता लिएको थियो ।

cura insider

गत आइतबार युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहनेगरी युरोपियन सुपर लिगको घोषणा गरेका थिए । इङ्ग्ल्यान्डका सर्वाधिक ६, स्पेनका तीन, इटालीका तीन गरी १२ वटा क्लबहरूले संस्थापक रहनेगरी सुपर लिगको घोषणा गरेका थिए ।

संस्थापक क्लबमा अरू तीन क्लब थपेर १५ बनाइने योजनासहित नयाँ लिगको घोषणा गरिएको थियो । उक्त लिग घोषणालगत्तै विवादित पनि बनेको थियो । तर, चौतर्फी विरोध भएपछि इङ्ग्ल्यान्डका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले नाम फिर्ता लिएका थिए ।

यस्तै एथ्लेटिकोले पनि नाम फिर्ता लिएपछि अब स्पेनबाट बार्सिलोना, रियल मड्रिड मात्र संस्थापक क्लबमा छन् । यता, इन्टरले पनि नखेल्ने भएपछि इटालीबाट युभेन्ट्स र एसी मिलान संस्थापक क्लबमा रहेका छन् ।

मङ्गलबार मात्र अघिल्लो संस्करणको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले पनि उक्त लिग बहिस्कार गरेको थियो ।

jackson ribon