birat ribon

चीनमा खोप लगाउनेलाई निःशुल्क अण्डा

Neuro
चीनमा खोप लगाउनेलाई निःशुल्क अण्डा

विराटनगर / चीनमा खोप लगाउनेलाई निःशुल्क अण्डा वितरण गरिने भएकाे छ ।

कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूले साढे दुई किलो अण्डा वितरण गरिने भएकाे हाे ।

cura insider

चीनमा कोरोना भाइरसविरुद्धको खोपमा भएको शङ्का र खोप लगाउन डराइरहेका कारण उनीहरूलाई खोप लगाउनका लागि उत्प्रेरित गर्न वा लोभ्याउन विभिन्न प्रकारको अफर ल्याइएको छ ।

खोप अभियानलाई तीव्रता दिन र मानिसलाई खोप लगाउन प्रोत्साहन गर्न लागि चीन सरकारले निःशुल्क रुपमा अण्डा वितरण गर्नेदेखि खाद्यान्नका सामानमा छुट दिनुका साथै पसलका कुपन प्रदान गर्नेजस्ता योजना ल्याएको हो । चीनमा सपिङ मलमा खोप लगाएकाहरूलाई प्वाङ्ट वा कुपन दिने अफर ल्याइएको छ भने बेइजिङको एक मन्दिरमा खोप लगाएको प्रमाण देखाएपछि मन्दिरभित्र निःशुल्क प्रवेश दिइने छ ।

जुन महिनाभित्र ५६ करोड नागरिकलाई खोप लगाउने लक्ष्य राखेको चीनले एक दिनमा लाखौँ मानिसलाई खोप दिँदै आएको छ । गत २६ मार्चसम्ममा चीनमा ६१ लाखले कोरोनाविरुद्धको खोप लिइसकेका थिए । सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरस महामारीले विश्वलाई अझै पनि आक्रान्त बनाइरहेको छ । तर, चीनले भने कडा लकडाउन र विभिन्न उपायले सबैभन्दा पहिला कोभिड १९ लाई नियन्त्रणमा लिइसकेको छ ।

jackson ribon