birat ribon

महाराष्ट्रको अस्पतालमा अक्सिजन ट्याङ्कर लिक हुँदा भेन्टिलेटरमा रहेका २२ जना बिरामीको मृत्यु

Neuro
महाराष्ट्रको अस्पतालमा अक्सिजन ट्याङ्कर लिक हुँदा भेन्टिलेटरमा रहेका २२ जना बिरामीको मृत्यु

विराटनगर / भारतको महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्याङ्ककर लिक हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार नासिकको जाकिर हुसेन अस्पतालमा बुधबार बिहान अस्पतालबाहिर रहेको अक्सिजन ट्याङ्कर चुहिँदा करिब आधा घण्टा अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो ।

cura insider

अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिँदा भेन्टिलेटरमा उपचार भइरहेका करिब १५० सिकिस्त बिरामीले आधा घण्टासम्म अक्सिजन पाएनन् । अक्सिजन आपूर्ति अवरुद्ध हुँदा तीमध्ये कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनालगत्तकै अक्सिजन आवश्यक सिकिस्त बिरामीहरुलाई तत्कालै अन्य अस्पतालमा सारिएको छ । घटनाका सम्बन्धमा महाराष्ट्र राज्य सरकारले छानबिन गर्ने भएको छ ।

jackson ribon