birat ribon

एथ्लेटिको पनि सुपर लिगबाट बाहिरियो, स्पेनबाट रियल र बार्सिलोना मात्र

Neuro
एथ्लेटिको पनि सुपर लिगबाट बाहिरियो, स्पेनबाट रियल र बार्सिलोना मात्र

विराटनगर / स्पेनिस क्लब एथ्लेटिको मड्रिड पनि युरोपियन सुपर लिग (इएसएल)बाट बाहिरिएको छ । बुधबार एथ्लेटिकोले आधिकारिक रूपमा नयाँ घोषणा भएको सुपर लिगबाट आफू बाहिरिएको जनाएको हो ।

यसअघि प्रतियोगिताको चौतर्फी आलोचना भएपछि आर्सनल र लिरभपुलसहित प्रिमियर लिगका ६ वटै क्लबले सुपर लिगबाट नाम फिर्ता लिएका थिए । गत आइतबार युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहनेगरी युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।

cura insider

जसमा इङ्ग्ल्यान्डका सर्वाधिक ६, स्पेनका तीन, इटालीका तीन गरी १२ वटा क्लबहरूले संस्थापक रहनेगरी सुपर लिगको घोषणा गरेका थिए । संस्थापक क्लबमा अरू तीन क्लब थपेर १५ बनाइने योजनासहित नयाँ लिगको घोषणा गरिएको थियो । उक्त लिग घोषणालगत्तै विवादित पनि बनेको थियो ।

युइएफए र फिफाले इएसएललाई अस्वीकार गर्दै उक्त लिग खेल्ने क्लब र खेलाडीलाई प्रतिबन्ध लगाउने चेतावनीसमेत दियो । यस्तै, फिफाले पनि समानान्तर प्रतियोगितालाई मान्यता नदिने बताएको थियो ।

चौतर्फी विरोध भएपछि इङ्ग्ल्यान्डका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले नाम फिर्ता लिएका थिए । एथ्लेटिकोले पनि नाम फिर्ता लिएपछि अब स्पेनबाट बार्सिलोना, रियल मड्रिड मात्र संस्थापक क्लबमा छन् ।

त्यसबाहेक युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् । मङ्गलबार मात्र अघिल्लो संस्करणको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले पनि उक्त लिग नखेल्ने घोषणा गरेको थियो ।

jackson ribon