birat ribon

सर्वोच्चले अख्तियारको स्टिङ अपरेसनमा रोक लगायो

Neuro
सर्वोच्चले अख्तियारको स्टिङ अपरेसनमा रोक लगायो

काठमाडौँ / सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा रोक लगाएको छ । बुधबार सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेसन नगर्न अख्तियारका नाममा आदेश जारी गरेको हो ।

cura insider

आफैँ घुस दिएर स्टिङ अपरेसन गर्ने अख्तियारको कामको वैधतामाथि प्रश्न उठाउँदै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस २ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नियमावलीको उक्त व्यवस्था नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम बुधबारदेखि लागू हुने गरी अमान्य र बदर गरिदिएको हो ।

jackson ribon