birat ribon

उत्तराखण्ड र नेपालबीचको सिरिज स्थगित

Neuro
उत्तराखण्ड र नेपालबीचको सिरिज स्थगित

विराटनगर / नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले खेल्ने सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै भारतको उत्तराखण्ड महिला क्रिकेट टिमबीच तय भएको उक्त सिरिज स्थगित भएको जनाएको हो ।

कोरोना भाइरस महामारीका कारण भारतीय टिम नेपाल आउन नसक्ने भएपछि सिरिज स्थगित गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलद्वारा विज्ञप्तिमा उल्लेख छ ।

cura insider

‘क्यानको बोर्ड बैठकले अप्रिल, २०२१ को तेस्रो साताबाट सुरु हुने घोषणा भएको सिरिज स्थगित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बिसिसिआई र उत्तराखण्ड सरकारले अनुमति नदिएका कारण उत्तराखण्ड महिला क्रिकेट टोलीले नेपाल भ्रमण स्थगन गरेको छ ।’

jackson ribon