birat ribon

नवनियुक्त न्यायाधीशहरूको सपथग्रहण

Neuro
नवनियुक्त न्यायाधीशहरूको सपथग्रहण

काठमाडौँ / सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नवनियुक्त न्यायाधीश सुवेदी र चुडाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

cura insider

न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान रही सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादाविपरित नुहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा सपथ लिएका छन् । न्यायपरिषद्द्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाइ समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायधीश पदमा नियुक्त गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको सपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ । तर यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थितिबिना प्रधानन्यायाधीश जबराले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

jackson ribon