birat ribon

तौल घटाउन बिहानको खाजामा पाउरोटीको सेवन गर्न नहुने

Neuro
तौल घटाउन बिहानको खाजामा पाउरोटीको सेवन गर्न नहुने

विराटनगर / बिहानको समयमा खाने खाजामा धेरैजसो मानिस व्हाइट ब्रेड अर्थात् पाउरोटीको सेवन गर्न रुचाउँछन् ।

बजारमा सजिलै किन्न पाइने, यसलाई चियासँग यत्तिकै खान मिल्ने वा टोस्ट वा स्यान्डविच बनाउन पनि धेरै समय नलाग्ने हुँदा यसको धेरै प्रयोग हुने गर्छ । तर तौल घटाउन चाहने मानिसका लागि पाउरोटीको सेवन फाइदाजनक नहुन सक्छ । सामान्य खाइने पाउरोटी दुधजस्तै सेतो रङको हुन्छ । यो पिठो वा मैदाबाट बनाइएको हुन्छ ।

cura insider

सेतो पाउरोटी स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसको सेवनले शरीरको तौल बढ्नुका साथै स्वास्थ्यमा पनि नकारात्मक असर गर्छ । यसमा आवश्यक पोषक तत्व र फाइबरको अभाव हुन्छ । यसमा प्रशोधन गरिएको कार्ब्स र फाइबरको पनि अभाव हुन्छ । जसकारण पाउरोटीको सेवन गरेपछि पनि पेट पूर्ण रूपमा भरेकोजस्तो महसुस हुँदैन ।

पाउरोटीको उच्च सेवनले तौल बढाउनुका साथै मधुमेह, हृदय रोग र अन्य स्वास्थ्य समस्या बढाउने काम गर्छ । प्रशोधित मासु, बटर र मेयोनिजको प्रयोग गरेर पाउरोटीले बनाएको स्यान्डविच खानाले शरीरको बोसो र क्यालोरी बढाउन सक्छ । जसले तौल बढाउने गर्छ । तौल घटाउनका लागि मल्टिग्रेन पटउरोटी स्वस्थ विकल्प हुन सक्छ ।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार सम्पूर्ण अन्नबाट बनेको मल्टीग्रेन पाउरोटीमा भिटामिन बी, फोलिक एसिड, फलाम, म्याग्नेसियम, सेलेनियम र फाइबर समावेश छ । मल्टीग्रेन पाउरोटीको सेवनले पेटलाई लामो समयसम्म भरिपूर्ण राख्छ, पाचनलाई बढावा दिनुका साथै शरीरलाई पोषण दिन्छ । तर, आहारमा मल्टीग्रेन पउरोटीलाई कसरी र कति मात्रामा समावेश गरिएको छ त्यसमा निर्भर हुन्छ ।

jackson ribon