birat ribon

कुशल पहिलो पटक आइसिसीको टी–ट्वान्टी वरीयतामा

Neuro
कुशल पहिलो पटक आइसिसीको टी–ट्वान्टी वरीयतामा

विराटनगर / नेपालका युवा खेलाडी कुशल भुर्तेल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–ट्वान्टी वरीयतामा पर्न सफल भएका छन् । त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट लयमा देखिएका कुशल विश्व टी–२० वरीयतामा पहिलो पटक समावेश भएका हुन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा कुशल ९३औँ स्थानमा छन् । लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका उनी नयाँ वरीयतामा शीर्ष १०० मा पर्न सफल भएका हुन् । उनको रेटिङ तीन सय ५९ रहेको छ ।

cura insider

डेब्यूपछि लगातार तीन टी–२० अन्तर्राष्ट्रियमा खेलमा अर्धशतक बनाउने कुशल पहिलो खेलाडीसमेत हुन् । यस्तै, कुशल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि परेका छन् । कुशलले तीन खेलमा एक सय ८५ रन बनाएका छन् ।

नयाँ वरीयतामा नेपालका पूर्व–कप्तान पारस खड्का ८३औँ स्थानमा छन् । उनी एक स्थान तल झरेका छन् । अघिल्लो वरीयतामा पारस ८२औँ स्थानमा थिए । यता, बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८औँ स्थानमा उक्लिएका छन् ।

jackson ribon