birat ribon

मिर्गौलामा पुनः पत्थरी हुने समस्या भइरहन्छ

Neuro
मिर्गौलामा पुनः पत्थरी हुने समस्या भइरहन्छ
डा. दीलिपकुमार साह

दैनिक खाएको खानालाई पचाउनका लागि शरीरमा विभिन्न प्रतिक्रियाहरू भइरहेका हुन्छन् ।

योसँगै विकार तत्वहरू पनि निस्कने र जम्मा हुने क्रम भइरहेको हुन्छ । मिर्गौलाको मुख्य काम भनेको नै ती जम्मा भएको विकार तत्त्वलाई शरीरबाट बाहिर निकाल्नु हो । कहिलेकाहीँ मिर्गौलाले अनावश्यक पदार्थलाई फिल्टर गर्न सक्दैन । शरीरमा अत्यधिक मात्रामा अनावश्यक पदार्थ बन्न थालेमा, विकार निस्कन नपाई शरीरभित्र नै जम्मा हुँदै गएमा वा अपर्याप्त तरल पदार्थको कारणले क्रिस्टल निर्माण हुन थाल्छ जसलाई मिर्गौलाले फिल्टर गर्न सक्दैन ।

cura insider

मिर्गौलामा भएको अत्यधिक फोहोर निस्कासन नभएमा र यी क्रिस्टलहरू ढुङ्गा बनेपछि यी ढुङ्गा मिर्गौलामा रहन वा मूत्र मार्गबाट तल पनि आउन सक्छन् । कहिलेकाहीँ पत्थरीको समस्या सामान्य अवस्थामा पानी वा तरल पदार्थको सेवन गरेर वा औषधिले पनि ठिक हुन्छ । तर, ढुङ्गाको आकार ठूलो वा कडा भएमा यसलाई निकाल्न शल्यक्रियाको आवश्यकता पर्न सक्छ ।

एकपटक मिर्गौलामा पत्थरी भइसकेर ढुङ्गा निस्किएपछि पनि पुनः पत्थरी हुने सम्भावना पनि त्यत्तिकै रहन्छ । पत्थरी निस्किए पनि पत्थरी बन्ने प्रक्रिया जारी रहेमा एक पटक समस्या निको भए पनि पुनः पत्थरी हुने समस्या भइरहने हुन्छ ।

कसैमा पहिला पत्थरी भएर ढुङ्गा निस्किसकेमा वा शल्यक्रिया गरी पत्थरी निकालिसके पनि पुनः पत्थरीको समस्या निम्तिएको गुनासो गर्ने धेरै छन् । साथै, एकपटक मिर्गौलामा पत्थरी भइसकेर ढुङ्गा निस्किएपछि पनि पुनः पत्थरी हुने सम्भावना पनि त्यत्तिकै रहन्छ । पत्थरी निस्किए पनि पत्थरी बन्ने प्रक्रिया जारी रहेमा एक पटक समस्या निको भए पनि पुनः पत्थरी हुने समस्या भइरहने हुन्छ । त्यस्तै, मिर्गौलामा पत्थरी (ढुङ्गा) बन्ने तरिका एकै प्रकारका हुँदैनन् ।

भिडियो एक्स–रे, एक्स–रे वा सिटी स्क्यान गरेर हेर्दा मिर्गौलामा देखिएको पत्थरी सबै एकै प्रकारको देखिने भए पनि पत्थरी बन्ने तरिकामा फारक हुनसक्छ । पत्थरी बन्ने मुख्य कारण नुन (साल्ट) हो । जुन सबैमा वा दोस्रो पटक हुने पत्थरीमा फरक हुनसक्छ । कुनै मानिसको शरीरमा आवश्यकताभन्दा बढी युरिक एसिड/क्याल्सियम/फोसफोरस वा अक्जलेटको मात्रामा उत्पादन भइरहेको कारणले गर्दा पत्थरी बनेको हुनसक्छ ।

त्यसैले, शरीरमा युरिक एसिड/क्याल्सियम/फोसफोरस वा अक्जलेटको मात्रा धेरै भएमा वा बढी मात्रामा उत्पादन भइरहेमा पत्थरीको समस्या एक पटक निको भए पनि दोहोरिन सक्छ । जसकारण पत्थरीको प्रभावकारी उपचार गर्न वा पत्थरीको समस्या पुनः दोहोर्‍याउन नदिनका लागि पत्थरी बनिरहेको मुख्य कारणको उपचार गर्न जरुरी हुन्छ ।

जसको लागि पिसाबको जाँच गरेर मृगौलामा बनेको पत्थरीले केले बनेको भनेर पत्ता लगाउनु पर्ने हुन्छ । कुन नुनको बढी उत्पादनको कारणले मिर्गौलामा पत्थरी बनिरहेको छ पत्ता लगाउनुको साथै उक्त नुन के कारणले बढी उत्पादन भइरहेको पत्ता लगाउन पनि उपचारका लागि महत्त्वपूर्ण हुन्छ । मिर्गौलामा बन्ने ढुङ्गाका पनि विभिन्न प्रकार हुन्छन् । मृगौलामा पनि विभिन्न पार्टहरू हुने हुँदा ढुङ्गा अवस्थित हुने ठाउँ पनि सबैमा फरक हुने गर्छ ।

सबै जाँच गर्दा पनि पत्थरी बनेको कुनै कारण पत्ता नलागेमा, ढुङ्गा १० मिलिमिटरभन्दा सानो भएमा ढुङ्गा आफैँ निस्कने सम्भावना बढी हुन्छ । तर सानै साइजको ढुङ्गा भए पनि गलत ठाउँमा बसेको छ भने ननिस्कने हुनसक्छ वा यसको निस्कने सम्भावना कम हुने हुँदा यसलाई शल्यक्रियामार्फत नै निकाल्नुपर्ने हुनसक्छ ।

वा, पत्थरी मिर्गौलामा मात्र नभई पिसाबको नली, पिसाबको थैली, पिसाबको सानो नलीमा बसेको हुनसक्छ । त्यसैले, पत्थरीको उपचार गर्नका लागि ढुङ्गा कुन नुनका कारणले बनेको छ, कुन ठाउँमा छ र कुन साइजमा छ भन्ने कुरामा निर्भर हुन्छ । मिर्गौलामा बनेका सबै ढुङ्गालाई शल्यक्रियामार्फत निकाल्नुपर्छ भन्ने पनि हुँदैन ।

सबै जाँच गर्दा पनि पत्थरी बनेको कुनै कारण पत्ता नलागेमा, ढुङ्गा १० मिलिमिटरभन्दा सानो भएमा ढुङ्गा आफैँ निस्कने सम्भावना बढी हुन्छ । तर सानै साइजको ढुङ्गा भए पनि गलत ठाउँमा बसेको छ भने ननिस्कने हुनसक्छ वा यसको निस्कने सम्भावना कम हुने हुँदा यसलाई शल्यक्रियामार्फत नै निकाल्नुपर्ने हुनसक्छ । धेरैजसो मिर्गौलामा पत्थरीको समस्या भएका बिरामीले घरेलु उपचार गर्ने गरेको पाइन्छ ।

अरूको कुरा सुनेर मिर्गौलामा भएको ढुङ्गा निकाल्न विभिन्न प्रकारको घरेलु विधि अपनाइने गरिन्छ । तर वैज्ञानिक हिसाबले हेर्दा घरेलु उपचारले पत्थरीको सामाधान गर्नका लागि कुनै रोल छैन । जसकारण घरेलु उपचारभन्दा पनि यसको जाँच गराई सही तरिकाले उपचार गर्नुपर्ने हुन्छ । पत्थरीको समस्या भएका बिरामीलाई यो खानु हुँदैन, त्यो खानु हुँदैन भन्ने सल्लाह दिएको पनि सुनिन्छ ।

काउली, च्याउ, टमाटरलगायत केही खानामा युरिक एसिड धेरै हुन्छ । शरीरमा युरिक एसिडको मात्रा बढी भएको कारणले ढुङ्गा बनेको छ भने यी खाना खानाले युरिक एसिडको मात्रालाई थप बढाउन सक्छ । जसकारण यी खाना नखानु वा कम मात्रामा खानु उनीहरूको लागि प्रभावकारी हुनसक्छ । तर क्यासियम, अक्जलेट वा फोसफोरस लगायत अन्य कारण ढुङ्गा बनेको मानिसलाई यसले काम गर्दैन । त्यसैले अरूको कुरा सुन्नुभन्दा पनि पत्थरीको समस्या भएका बिरामीले खान हुने वा खान नहुने कुरा डाक्टरको सिफारिसमा मात्र तय गर्नुपर्ने हुन्छ ।

jackson ribon