birat ribon

बेलबारी क्याम्पस भर्ना हुने नयाँ विद्यार्थीको शुल्क स्थानीय सरकारले तिरिदिने

Neuro
बेलबारी क्याम्पस भर्ना हुने नयाँ विद्यार्थीको शुल्क स्थानीय सरकारले तिरिदिने

बेलबारी / बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएको छ । जारी शैक्षिक सत्रमा सबै सङ्कायमा भर्ना हुने नयाँ विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएको हो ।

क्याम्पसमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी सङ्कायको पठनपाठन हुन्छ । तीनवटै सङ्कायमा अध्ययन गर्न आउने विद्यार्थीको भर्नावापतको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने निर्णय वैशाख ५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

cura insider

आर्थिक अभावका कारण कसैले पनि पठनपाठन छाड्नु नपारेस् भन्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको नगर प्रमुख सुवेदीले बताए ।

एक जना विद्यार्थीले भर्ना शुल्कवापत छ हजार एक सयदेखि छ हजार दुई सय रुपैयाँसम्म बझाउनु पर्ने नियम छ ।

jackson ribon