birat ribon

सुनसरीको रिलायन्स स्पिनिङ मिल्समा आगलागी

Neuro
सुनसरीको रिलायन्स स्पिनिङ मिल्समा आगलागी

सुनसरी / सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा आगलागी भएको छ । इटहरी उपमहानगरपालिका–१२ मा खनारमा रहेको मिल्समा मङ्गलबार दिउँसो आगलागी भएकाे हाे ।

मङ्गलबार दिउँसो साढे १ बजे कम्पेशर मेसिन पडकिएर आगलागी हुँदा १० करोड बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । आगो करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि चारवटा दमकल, प्रहरी र उद्योगका कामदार खटिएका थिए ।

cura insider

आगलागीबाट मानवीय क्षति नभए पनि करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

jackson ribon