birat ribon

दोस्रो लहरमा युवा उमेर धेरै जोखिममा

Neuro
दोस्रो लहरमा युवा उमेर धेरै जोखिममा

विराटनगर / कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्दो छ ।

पहिलेको तुलनामा फरक र सङ्क्रामक भनिएको नयाँ भेरिएन्टले कम उमेरका (२० देखि ४५ वर्ष) स्वस्थ युवाहरूलाइ सङ्क्रमित बनाइरहेको छ । यो उमेर समूहका मानिसले हालसम्म खोप पनि प्राप्त गरेका छैनन् । जनस्वास्थ्यका मापदण्डमा गरिएको लापरवाहीका कारण धेरै मानिसमा सङ्क्रमण गम्भीर भई अस्पताल भर्ना हुने जोखिम पनि बढ्दो छ ।

cura insider

डाक्टरहरूका अनुसार सङ्क्रमित भइरहेका मानिसले धेरै र फरक प्रकारका लक्षण देखाइरहेका छन् जुन सङ्क्रमणको पहिलो लहरमा रिपोर्ट गरिएको थिएन । ज्वरो, सुक्खा खोकी मात्र कोरोना भाइरसको सङ्केत नहुनसक्छ । ज्वरो र खोकीबाहेक पेटसम्बन्धी समस्या देखिनु पनि सङ्क्रमणको लक्षण हुनसक्छ । धेरैजसो सङ्क्रमितमा अन्य सङ्क्रमणको लक्षणसहित पेटसँग सम्बन्धित लक्षण देखिएमा सङ्क्रमण गम्भीर भएको सङ्केत हुन्छ ।

त्यस्तै, अन्य सङ्क्रमणको लक्षणबाहेक असामान्य पेट दुखाइ, निरन्तर पेट दुखिरहेमा, अपचको समस्या, खान मन नलागेमा यो प्रारम्भिक सङ्क्रमणको लक्षण हुनसक्ने हुँदा यस्ता समस्यालाई बेवास्ता गर्नु हुँदैन । हालको अनुसान्धानअनुसार ५३ प्रतिशत सङ्क्रमितमा उनीहरूको सङ्क्रमणकालमा कुनै न कुनै पेटसम्बन्धी लक्षण देखिएको छ । जसमध्ये धेरैमा वाकवाकी भएको महसुस हुने र बान्ता हुने देखिएको हो ।

केही बिरामीमा एसिड रिफ्लकक्स, ग्यास्ट्रिकको समस्या पनि हुने पाइएको छ भने गम्भीर सङ्क्रमण भएमा बिरामीले रगत पनि बान्ता गर्न सक्छ । त्यस्तै, ज्वरो, शरीरको दुखाइ देखिनुभन्दा अगाडि झाडापखाला, दिसा पातलो हुनु पनि सङ्क्रमणको सङ्केत हुनसक्छ । मुख सुक्खा हुने, च्यापच्याप हुने, मुखमा घाउ आउने, जिव्रोको रङ र स्वरुपमा परिवर्तन आउने, खान समस्या हुने, आँखा रातो हुने, आँखाबाट पानी बग्ने, चिलाउने, सुन्निने पनि वा कन्जङ्टिभाइटिस हुनु पनि सङ्क्रमणको लक्षण हुनसक्छ ।

सङ्क्रमणको अरु कुनै लक्षण नभए पनि नियमित आँखा पोल्ने, प्रकाशसँगको समवेदनशीलता वा आँखामा समस्या पनि सङ्क्रमणको सङ्केत हुनसक्छ । त्यस्तै, थकान, शरीको दुखाइ, टाउको दुखाइ पनि सङ्क्रमणको लक्षण हुनसक्छन् । धेरै सङ्क्रमितमा ज्वरोको लक्षण नदेखिने हुँदा यस्ता लक्षण देखिए पनि पहिचान गर्न सकिनेखालका हुँदैनन् ।

कोभिडका कारण स्नायुसम्बन्धी समस्या भोगिरहेका बिरामीमा लागातार गम्भीर प्रकारको टाउको दुखाइ हुनसक्छ जुन सामान्य समयको टाउको दुखाइभन्दा निकै फरक हुन्छ । सङ्क्रमितमा धेरै लक्षण पनि देखिन सक्छन् भने कुनै एक सामान्य लक्षण मात्र पनि देखिन सक्छ । हालको समयमा देखिएका कुनै पनि असामान्य लक्षणलाई बेवास्ता नगरी उपचार गर्न तथा सङ्क्रमण भए÷नभएको जाँच गर्न जरुरी हुन्छ ।

jackson ribon