birat ribon

चिनियाँ खोप सिनोभ्याक ८० प्रतिशत प्रभावकारी

Neuro
चिनियाँ खोप सिनोभ्याक ८० प्रतिशत प्रभावकारी

विराटनगर / चिनियाँ खोप सिनोभ्याकले कोरोना भाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको छ ।

चिलीमा गरेको परीक्षणमा चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोना भाइरसबाट हुने मृत्युलाई ८० प्रतिशत रोक्नसक्ने देखिएको हो । चिली सरकारले शुक्रबार सार्वजनिक गरिएको अध्ययनअनुसार सिनोभ्याक खोपले कोभिडका लक्षणयुक्त सङ्क्रमणलाई ६७ प्रतिशतसम्म रोक्न प्रभावकारी देखिएको छ ।

cura insider

त्यस्तै, सङ्क्रमणका कारण अस्पताल भर्ना हुने बिरामीलाई ८५ प्रतिशतसम्म कम गर्न सफल देखिएको छ भने कोभिडका बिरामीलाई सघन उपचार कक्ष (आइसियू) मा भर्ना हुनबाट ८९ प्रतिशत रोक्न सफल भएको अध्ययनमा उल्लेख गरिएको छ । खोपको क्लिनिकल परीक्षणको आयोजना गर्न सिनोभ्याकसँग गरेको सम्झौता उपयुक्त रहेको चिलीका उप–व्यापारमन्त्री रोड्रिगो यानेजले बताएका छन् ।

jackson ribon