birat ribon

सरू र मनमाया पथरी-शनिश्चरेमा सम्मानित

Neuro
सरू र मनमाया पथरी-शनिश्चरेमा  सम्मानित

विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीका सदस्य सरू लिम्बू र मनमाया लिम्बूलाई मोरङको पथरीशनिश्चरेमा सम्मान गरिएको छ ।

पथरीशनिश्चरे नगरपालिका ४ मा मंगलबार स्थानीयबासी सरू र लेटाङ नगरपालिका घर भएकी मनमायालाई सम्मान गरिएको हो ।

cura insider

उनीहरुलाई अखिल नेपाल फुटबल संघका सह–महासचिव बसन्त अर्याल, विराटनगर महानगपालिका वडा १ का अध्यक्ष उद्धव अर्याल, स्थानीय बुद्ध उच्च माविका महिला फुटबल खेलाडी र पथरीशनिश्चरे महिला फुटबल क्लबले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सोही क्रममा ३० हजार रुपैयाँ बराबरको फुटबल, जर्सी, विफ्स, ग्लोभ्स, सिटी लगायतका फुटबल सामाग्री वितरण गरिएको छ ।

क्लबकी टोली ब्यवस्थापक जमुना आले मगरको सक्रियतामा आयोजित कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल, क्लब अध्यक्ष एवं टोली प्रशिक्षक विक्रम धिमाल, राष्ट्रिय टोलीका पूर्वडिफेन्डर तथा प्रशिक्षक पारस चौधरीको पनि सहभागिता थियो ।

jackson ribon