birat ribon

सुनको लोभ देखाएर तीन महिनासम्म बन्धक, भारतबाट विराटनगरकी युवतीको उद्धार

Neuro
सुनको लोभ देखाएर तीन महिनासम्म बन्धक, भारतबाट विराटनगरकी युवतीको उद्धार

विराटनगर / सुनकाे लाेभ देखाएर तीन महिनायता बन्धक बनाइएकी विराटनगरकी एक युवतीकाे माेरङ प्रहरीले उद्दार गरेकाे छ ।

भारत लैजान खाेज्दै गर्दा विराटनगर महानगरपालिका–४ की २४ वर्षीया युवतीलाई प्रहरीले कञ्चनपुरबाट सकुशल उद्धार गरेकाे हाे । मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीले उद्दार गरी युवतीलाई मङ्गलबारसाँझ विराटनगर ल्याएको हाे ।

cura insider

प्रहरीका अनुसार घरपरिवारमा समेत सुन, चाँदीलगायतका बहुमूल्य धातुको लोभ देखाउँदै युवती लिएर गएका थिए । प्रहरी स्राेतका अनुसार विभिन्न प्रलाेभन देखाउँदै युवतीलाई भारतकाे पञ्जावसम्म लगिएकाे थियाे ।

युवतीलाई विराटनगर महानगरपालिका–१९ का २५ वर्षीय दिनेश मण्डलले भारत लैजान खोजेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार अभिभावकलाई नै प्रलोभनमा पार्दै मण्डलले युवतीलाई गत माघ १० गते विराटनगरबाट लिएर हिँडेका थिए ।

टुनामुना गरेर घरबाट सुन निकालिदिन्छु भन्दै युवती र उनका अभिभावकसँग भेट गर्न मण्डल माघ ८ गते घरमै पुगेका थिए । ‘आफू धामीझाँक्रीको काम गर्ने बताएका मण्डलले टुनामुना गरेर घरबाट सुन निकालिदिन्छु भन्दै परिवारलाई नै प्रलोभनमा पारेको देखिन्छ,’ एसपी खड्काले भने, ‘आफैले सुन किनेर युवतीको घरमा पुगेपछि जमिनभित्रबाट निकालेको देखाएर झुक्याएका रहेछन् ।’

उनले विराटनगरकै एउटा ज्वेलर्स (सुनचाँदी पसल) बाट ५० हजार रुपैयाँमा सुन किनेर लग्दै युवतीको घर परिषरमा जमिनमुनी गाडेको पुष्टि भएको खड्काको भनाइ छ । त्यसपछि उनले टुनामुना गर्नेभन्दै विभिन्न गतिविधी गरी त्यही सुन निकालेर देखाएकाले परिवारका सदस्य र आफन्त पनि विश्वासमा परेका थिए ।

अझै धेरै सुन, चाँदीलगायतका बहुमूल्य धातु निकाल्नलाई सातवटा खोलाको पानी बिहे नगरेको कन्या (युवती)ले जम्मा गरेर ल्याउँदै शुद्ध जलका रुपमा चढाउनुपर्ने बताएर थप विश्वासमा पार्दै मण्डलले युवतीलाई लिएर हिँडेको खड्काले बताए ।

‘बिहे नगरेकी युवतीबाट सातवटा खोलाको पानी ल्याएर शुद्ध जलका रुपमा चढाउँदा बहुमूल्य धातु धेरै निकालेर धनी बन्न सकिने सपना देखाएपछि अभिभावकले मण्डलले भनेअनुसार मानेको देखिन्छ,’ एसपी खड्काले भने, ‘घरबाट हिँडेकी छोरी र उनलाई लिएर गएका मण्डल नफर्किएपछि आफन्त प्रहरीको शरणमा आएका हुन् ।’

खोजतलासको माग राखेर अभिभावक र आफन्तले जाहेरी दिएपछि प्रहरीले मण्डल र युवतीको खोजी थालेको थियो । भारत लगिएको आशंकामा प्रहरीले आवश्यक समन्वय गर्दै खोजतलासका लागि सहयोग गर्न भारतीय प्रहरीलाई पनि आग्रह ग¥यो । लामो समयको अनुसन्धानपछि युवतीलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो ।

विराटनगर ल्याइएकी युवती भने मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन् । उनी कसैलाई केही पनि कुरा भन्न सक्ने अवस्थामा नरहेकाले थप ‘काउन्सिलिङ’ गर्दै घटनाका बारेमा बुझ्ने र वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी खड्काले दिए ।

प्रहरीले मण्डललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि तीन महिनासम्म आफ्नो कब्जामा राखेर युवतीलाई उनले कञ्चनपुर हुँदै भारतको वनवासातिर पुर्याउन खोजेको पुष्टि भएको एसपी खड्काको भनाइ छ ।

प्रहरीका अनुसार अनुसन्धानबाट मण्डल र युवतीबीच त्यसअघि कुनै पनि सम्पर्क एवं सम्बन्ध स्थापित भएको देखिँदैन । परिवार र युवतीसँग पनि चिनजान नभएको पाइएको छ । त्यस कारण बेचबिखन एवं कुनै गलत नियत राखेर युवतीलाई भारत लगेकाे हुनसक्ने प्रहरीकाे दाबी छ ।

jackson ribon