birat ribon

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Neuro
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । ट्रकले मोटरसाइकललाई ठक्कर दिदा झापामा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गको झापा मेचिनगर नगरपालिका– १३ चारआली खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मंगलबार बेलुका पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मे १ ख८११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

cura insider

दुर्घटनामा मोटरसाईकल चालक मोरङ पथरीशनिश्रचे नगरपालिका– ९ का २१ वर्षीय प्रवेश बयलकोटीको मृत्यु भएको छ ।

दुर्घटनामा द्दाइते उनको झापाको विएण्डसी अस्पतालमा मृत्यु भएको हो । सोही मोटरसाईकल पछाडी सवार २२ वर्षीय सागर लिम्बु घाइते भएका छन् । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ वर्षीय सुमन दनुवारलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

jackson ribon