birat ribon

इङ्ग्ल्यान्डका ६ वटै क्लबले सुपर लिगबाट नाम फिर्ता लिए

Neuro
इङ्ग्ल्यान्डका ६ वटै क्लबले सुपर लिगबाट नाम फिर्ता लिए

विराटनगर / इङ्ग्ल्यान्डका ६ क्लबले युरोपियन सुपर लिग (इएसएल) बाट नाम फिर्ता लिएका छन् । प्रतियोगिताको चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका ६ वटै क्लबले सुपर लिगबाट नाम फिर्ता लिएका हुन् ।

गत आइतबार युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहनेगरी युरोपियन सुपर लिगको घोषणा गरेका थिए । जसमा इङ्ग्ल्यान्डका सर्वाधिक ६, स्पेनका तीन, इटालीका तीन गरी १२ वटा क्लबहरूले संस्थापक रहनेगरी सुपर लिगको घोषणा गरेका थिए ।

cura insider

संस्थापक क्लबमा अरू तीन क्लब थपेर १५ बनाइने योजनासहित नयाँ लिगको घोषणा गरिएको थियो । उक्त लिग घोषणालगत्तै विवादित पनि बनेको थियो । युइएफए र फिफाले इएसएललाई अस्वीकार गर्दै उक्त लिग खेल्ने क्लब र खेलाडीलाई प्रतिबन्ध लगाउने चेतावनीसमेत दियो । यस्तै, फिफाले पनि समानान्तर प्रतियोगितालाई मान्यता नदिने बताएको थियो ।

चौतर्फी विरोध भएपछि इङ्ग्ल्यान्डका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले नाम फिर्ता लिएका हुन् । अब बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड, युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् ।

मङ्गलबार मात्र अघिल्लो संस्करणको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले पनि उक्त लिग नखेल्ने घोषणा गरेको थियो ।

jackson ribon