birat ribon

मुम्बईलाई हराउँदै दिल्ली दोस्रो स्थानमा

Neuro
मुम्बईलाई हराउँदै दिल्ली दोस्रो स्थानमा

विराटनगर / चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्समाथि जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित दर्ता गराएको हो ।

चेन्नईस्थित एमए चिदम्बरममा दिल्लीले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

cura insider

दिल्लीका लागि शिखर धवनले सर्वाधिक धेरै ४५ रन बनाए भने स्टिभ स्मिथले ३३ रन जोडे । यस्तै, ललित यादवले अजिवित २२ रन बनाउँदा शिम्रन हेटमेरले नटआउट १४ रन जोडे ।

बलिङतर्फ जयन्त यादव, जस्प्रित बुम्राह, राहुल चाहार, किइरन पोलार्डले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो ।

मुम्बईका कप्तान रोहित शर्माले ४४ रन जोडेका थिए भने इशान किसानले २६ रन बनाए । यस्तै, सूर्यकुमार यादव २४ रनमा आउट हुँदा जयन्त यादवले २३ रन जोडे ।

दिल्लीका अम्रित मिश्रले ४ विकेट लिँदा अवेश खानले दुई तथा मार्कुस स्टोइनिस, कागिसो रबाडा र ललित यादवले समान १–१ विकेट झारे ।

यस जितसँगै दिल्ली ४ खेलमा ६ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लियो । मुम्बई भने ४ अङ्कसहित चौथो स्थानमा छ ।

jackson ribon