birat ribon

बायर्नलाई दस अङ्कको अग्रता

Neuro
बायर्नलाई दस अङ्कको अग्रता

विराटनगर / जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्युनिखले दस अङ्कको अग्रता बनाएको छ । मङ्गलबार राति लिभरकुसेनमाथि २–० गोलको जित निकाल्दै शीर्ष स्थानको बायर्नले दस अङ्कको अग्रता बनाएको हो ।

बायर्नको मैदानमा घरेलु टिमलाई जिताउन इरिक म्याक्सिम चौपो–मोटिङ र जोसुआ किम्मिचले समान एक–एक गोल गरे ।

cura insider

खेलको सातौँ मिनेटमा चौपो–मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । १३औँ मिनेटमा किम्मिचले गोल गरेपछि बायर्नले आफ्नो अग्रता दोब्बर बनायो । र, बाँकी समय गोल नहुँदा बायर्न २–० गोलले विजयी भयो ।

जितसँगै बायर्नले ३० खेलमा ७१ अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको आरबी लेइपिजभन्दा दस अङ्कले अगाडि छ । लिभरकुसेन भने ४७ अङ्कका साथ छैटौँ स्थानमा छ ।

jackson ribon