birat ribon

भारतमा एकै दिन दुई लाख ९४ हजारभन्दा बढी सङक्रमित थपिए, दुई हजारभन्दा बढीको मृत्यु

Neuro
भारतमा एकै दिन दुई लाख ९४ हजारभन्दा बढी सङक्रमित थपिए, दुई हजारभन्दा बढीको मृत्यु

विराटनगर / छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ९४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

भारत पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोनाका कारण अत्यन्तै प्रभावित बनिरहेको मुलुक हो । दैनिक भेटिन नयाँ सङ्क्रमितको सङ्ख्या अन्य मुलुकमा भन्दा भारतमा उच्च छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भयो ।

cura insider

एकै दिन दुई लाख ९४ हजार दुई सय ९० जना नयाँ बिरामी थपिएपछि भारतमा सङ्क्रमित सङ्ख्या आज (बुधबार) बिहानसम्ममा एक करोड ५६ लाख नौ हजार चार पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ३२ लाख ६९ हजार आठ सय ६३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोना मुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

२१ लाख ५६ हजार पाँच सय ७१ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार २० सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ८२ हजार पाँच सय ७० पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

हालसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ५७ हजार ६५ नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमित सङ्ख्या तीन करोड २५ लाख ३३ हजार दुई सय १८ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५१ लाख चार हजार ८१ जना उपचारपछि निको भएका छन् ।

६८ लाख ४६ हजार सात सय २७ जनाको उपचार भइरहेकोमा नौ हजार नौ सय ७८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा आठ सय ३७ सङ्क्रमितको मृत्यु भयो । अमेरिकामा अहिलेसम्म पाँच लाख ८२ हजार चार सय १० जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

कोरोनाका कारण प्रभावित भएकामध्ये विश्वकै तेस्रो नम्बरमा रहेको ब्राजिलमा एकै दिन ६५ हजार तीन सय ६३ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४० लाख ४३ हजार ७६ पुगेको छ । एक करोड २५ लाख ६१ हजार छ सय ८९ जना उपचारपछि निको भएका छन् ।

११ लाख तीन हजार तीन सय ८४ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ५४ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्य कोरोनाका कारण एकै दिन ज्यान गुमाएका अन्य मुलुकको भन्दा धेरै हो । ब्राजिलमा अहिलेसम्म तीन लाख ७८ हजार तीन जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

विश्वमा एकै दिन सात लाख ९२ हजार छ सय ३७ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १४ करोड ३५ लाख तीन हजार आठ सय ३२ पुगेको छ । सङ्क्रमितमध्ये १२ करोड २१ लाख २१ हजार तीन सय ८५ जना उपचारपछि निको भएका छन् ।

एक करोड ८३ लाख २६ हजार छ सय ९५ जनाको उपचार जारी रहेकोमा एक लाख नौ हजार तीन सय ९८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा १२ हजार सात सय ३२ जनाले ज्यान गुमाए । विश्वमा हालसम्म कोरोनाका कारण ३० लाख ५५ हजार सात सय ५२ जनाको मृत्यु भइसकेको छ ।

jackson ribon