birat ribon

बच्चाको निद्रामा सुधार ल्याउन मद्दत गर्ने केही खाना

Neuro
बच्चाको निद्रामा सुधार ल्याउन मद्दत गर्ने केही खाना

विराटनगर / निद्रा सबै उमेरसमूहका मानिसका लागि महत्त्वपूर्ण हुन्छ । त्यस्तै बढ्दै गरेका बच्चामा पर्याप्त निद्राले स्मरण शक्ति र संज्ञानात्मक क्षमतालाई बढावा दिनुका साथै दिनभरि ऊर्जा प्रदान गर्छ । जसले उनीहरूलाई हरेक समय थकित महसुस भइरहन दिँदैन । स्वास्थ्य र पोषक तत्वले भरिएको खानाले बच्चाहरूलाई राम्रो र मिठो निद्रा प्रदान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ ।

बच्चालाई निदाउन सहज बनाउने तथा निद्रामा सुधार ल्याउन मद्दत गर्ने केही खानाः

cura insider

दूधः दूधमा हुने ट्रिप्टोफ्यान नामक एमिनो एसिडले निदाउन सहयोग पुर्‍याउने गर्छ । यसका साथै दूधले बच्चाको हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

केराः केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बि ६ र प्राकृतिक कार्वोहाटइड्रेट हुन्छ, जसले बच्चालाई राम्रो निद्रा प्रदान गराउन सक्छ ।

ओखरः प्रोटिनले भरिएको ओखरमा पनि ट्रिप्टोफ्यान हुन्छ जसले निदाउन सहयोग पुर्‍याउने गर्छ । यसले बच्चामा मात्र नभइ युवामा पनि राम्रो निद्रा प्रदान गर्न सक्छ ।

हरियो सागपातः हरियो सागपातमा प्रशस्त मात्रामा म्याग्नेसियम र फाइबर हुन्छ, जसले बच्चाको स्नायुलाई शान्त र रिल्याक्स फिल गराउँछ ।

ओट्सः ओट्समा म्याग्नेसियम, फाइबर, पोटासियम, भिटामिन बि ६ र एमिनो एसिड हुन्छ, जसले बच्चाको निदाउने तालिकालाई नियमित गर्छ ।

माछाः माछामा हुने ओमेगा ३ फ्याट्टी एसिडले बच्चाको निन्द्राको समय र गुणस्तरमा सुधार ल्याउन मद्दत गर्छ ।

सुठुनीः सुठुनीमा प्रशस्त मात्रामा स्वस्थ कार्वोहाइड्रेट हुन्छ जसले सेरोटोनिको उत्पादनमा सहयोग पुर्‍याउँछ । जसले निन्द्राको गुणस्तरमा सुधार ल्याउन मद्दत गर्छ ।

jackson ribon