birat ribon

कतारी रियालको कारोवार बन्द हुने, वैशाख २७ भित्रै साट्नुपर्ने

Neuro
कतारी रियालको कारोवार बन्द हुने, वैशाख २७ भित्रै साट्नुपर्ने

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ ।

मङ्गलबार केन्द्रीय बैङ्कले सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।

cura insider

कतारको केन्द्रीय बैङ्कले चलनचल्तीमा रहेका बैङ्क नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो ।

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैङ्कको भनाइ छ ।

jackson ribon