birat ribon

समर्थनबारे माओवादी अनिर्णीत, भोलि फेरि बैठक बस्ने

Neuro
समर्थनबारे माओवादी अनिर्णीत, भोलि फेरि बैठक बस्ने

काठमाडौँ / नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरूको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको गरेको छ । मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै प्रतिगमनविरुद्ध सङ्घर्ष गर्ने लोकतन्त्र पक्षधरहरूको सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले देशमा कोभिड–१९ को दोस्रो लहर आएकाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन सहजीकरणको काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत गरेको छ । सरकार कोभिड–१९ सङ्क्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भिर नभएको भन्दै बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणहरूलाई लागू गर्न पनि आव्हान गरेको छ ।

cura insider

सरकारले संसद्को अधिवेशन अस्वभाविक र हठात ढङ्गले अन्त्य गरेकोमा स्थायी कमिटीले भर्त्सनासमेत गरेको छ । संसद् अधिवेशन अन्त्यलाई सरकारको अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी कमदको अभिव्यक्तिको रूपमा लिएको नेता श्रेष्ठले बताए ।

नेता श्रेष्ठले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको पनि स्पष्ट पारेका छन् । देशमा चुनाव घोषणा हुने र चुनाव नहुने गरी संविधान र लोकतन्त्रमाथि खतरा पैदा हुने स्थिति नआओस् भन्नका लागि आफूहरूले सुविचारित ढङ्गले कदम चाल्ने पनि बताए ।

स्थायी कमिटीको बैठक बुधबार (भोलि) दिउँसो १ बजे पुनः बस्ने बताइएको छ । बुधबारको बैठकमा पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुने नेता श्रेष्ठले बताए ।

jackson ribon