birat ribon

बायर्नद्वारा सुपर लिग खेल्न अस्वीकार

Neuro
बायर्नद्वारा सुपर लिग खेल्न अस्वीकार

विराटनगर / जर्मन क्लब बायर्न म्युनिखले हालै घोषणा गरिएको युरोपियन सुपर लिग (इएसएल) खेल्न अस्वीकार गरेको छ । गत आइतबार युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहनेगरी युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।

इङ्ग्ल्यान्डका ६, स्पेनका तीन, इटालीका तीन गरी १२ वटा क्लबहरूले संस्थापक रहनेगरी सुपर लिगको घोषणा गरेका हुन् । संस्थापक क्लबमा अरू तीन क्लब थपेर १५ बनाइने योजनासहित नयाँ लिगको घोषणा गरिएको थियो ।

cura insider

उक्त लिग घोषणालगत्तै विवादित पनि बनेको छ । युइएफए र फिफाले इएसएललाई अस्वीकार गर्दै उक्त लिग खेल्ने क्लब र खेलाडीलाई प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ । फिफाले पनि समानान्तर प्रतियोगितालाई मान्यता नदिने बताइसकेको छ ।

यस्तैमा अघिल्लो संस्करणको च्याम्पियन्स लिग विजेता बायर्नले पनि उक्त लिग नखेल्ने घोषणा गरेको छ । मङ्गलबार बायर्नले आधिकारिक रूपमा सो प्रतियोगिता अस्वीकार्य भएको जनाएको हो ।

jackson ribon