birat ribon

सांसद पदबाट हटाउनेगरी कारबाही भए अदालत जान्छु : झाँक्री

Neuro
सांसद पदबाट हटाउनेगरी कारबाही भए अदालत जान्छु : झाँक्री

काठमाडौँ / नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताएकी छन् ।

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरू मङ्गलबार काठमाडौँको बानेश्वरमा आकस्मिक रूपमा भेला भई छलफल गरेका थिए ।

cura insider

छलफलपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र सोहीअनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानूनी लडाइँ लड्ने बताएकी हुन् ।

पार्टीबाट सांसद पद हट्नेगरी कारबाही गरिए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै नेतृ झाँक्रीले अदालतमा जाने बताएकी हुन् । प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरूमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताइन् ।

नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानून र संविधानअनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यक्तिगत तवरबाट जवाफ पठाउने बताइन् ।

jackson ribon