birat ribon

मङ्गलबार एक हजार सात सय ३६ जनामा कोरोना सङ्क्रमण, ११ को मृत्यु

Neuro
मङ्गलबार एक हजार सात सय ३६ जनामा कोरोना सङ्क्रमण, ११ को मृत्यु

विराटनगर / नेपालमा मङ्गलबार एक हजार सात सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार सात सय ३८ परीक्षण गर्दा एक हजार सात सय ३६ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५५ पिसिआर परीक्षण र छ सय ८३ जनाको एन्टिजेन परीक्षण भएको छ । पिसिआर परीक्षण गराएकामध्ये एक हजार छ सय ६७ जना र एन्टिजेन परीक्षण गराएकामध्ये ६९ जनामा कोरोना पुष्टि भएको हो ।

cura insider

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार छ सय ५९ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज दुई सय ५१ सङ्क्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार आठ सय छ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा ११ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार एक सय दुई पुगेको छ ।

No photo description available.

jackson ribon