birat ribon

दोस्रो मात्राको खोप लगाउन सुरु

Neuro
दोस्रो मात्राको खोप लगाउन सुरु

काठमाडौँ / आजदेखि कोरोना भाइरसविरुद्धको दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरूलाई आजदेखि दोस्रो चरणको खोप लगाउन थालिएको हो ।

दोस्रो मात्राको खोप देशभरबाट लगाउन सुरु गरिएको छ भने काठमाडौँमा १९ वटा खोप केन्द्रबाट खोप लगाइएको छ । दोस्रो मात्रा खोप वैशाख ११ गतेसम्म लगाइनेछ । दोस्रो मात्रा खोप लगाएपछि मानिसहरूले खुशी व्यक्त गरेका छन् । कोरोनाविरुद्धको खोपले पूर्ण रूपमा काम गर्ने र कोरोनालाई पराजित गर्ने विश्वास उनीहरूको छ ।

cura insider

माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोनाविरुद्धको पहिलो मात्रा खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैङ्क र वित्तीय संस्थानका कर्मचारीहरूलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको हो ।

jackson ribon