birat ribon

विराटनगरमा एकै दिन भेटिए ४७ कोरोना सङ्क्रमित

Neuro
विराटनगरमा एकै दिन भेटिए ४७ कोरोना सङ्क्रमित

विराटनगर / विराटनगरमा एकै दिन ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मङ्गलबार विराटनगरभित्र ४७ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै विराटनगरमा भेटिएको यो सङ्ख्या उच्च हो ।

मन्त्रालयका अनुसार मङ्गलबार प्रदेश १ मा ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५५ जना मोरङका हुन् । सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

cura insider

विराटनगरमा १६ महिला र ३१ पुरुषसहित ४७, बूढीगङ्गामा ३, रङ्गेली र सुन्दरहरैँचामा २–२, कानेपोखरीमा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१, झापाको विर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १–१, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय चार पुगेको छ ।

jackson ribon