birat ribon

त्रिकोणात्मक सिरिज : नेपालमाथि नेदरल्यान्ड्सको जित

Neuro
त्रिकोणात्मक सिरिज : नेपालमाथि नेदरल्यान्ड्सको जित

विराटनगर / काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालमाथि नेदरल्यान्ड्सले जित निकालेको छ । मङ्गलबार नेदरल्यान्ड्सले नेपालमाथि ३ विकेटको जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको दुई सय सात रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित १९.३ ओभर खेल्दा ७ विकेटको क्षतिमा भेट्टायो

cura insider

नेदरल्यान्ड्सका लागि बस डी लिडेले अजिवित ८१ रन बनाए । बेन कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा टोबियास भिसेले १५ रन बनाए ।

Image

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए भने कुशल मल्ल र अविनाश बोहोराले समान १-१ विकेट झारे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा दुई सय छ रन जोडेको थियो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकसहित सर्वाधिक ६२ रनको योगदान दिए ।

दीपेन्द्रसिंह ऐरीले अर्धशतकसहित ६० रन जोडे । कुशलले ४१ औँ बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । भुर्तेलले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

मलेसियाविरुद्धको खेलमा कुशलले २६ बलमा ५० रन जोडेका थिए । नेदरल्यान्डसविरुद्धको डेब्यू खेलमा पनि ३० बलमा अर्धशतक बनाएका थिए ।

मङ्गलबारको खेलमा ओपनर आसिफ सेखले भने रन जोड्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल २०, कौशल मल्ल १८ र करन केसीले १ रन जोडे । विनोद भण्डारीले नटआउट ७ र सोमपाल कामीले नटआट २१ रन जोडे ।

नेपालले टि–२० इन्टरनेसनलमा दोस्रो पटक दुई सयभन्दा माथिको योगफल बनाएको हो । यसअघि नेपालले १३औँ दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो ।

Image

नेदरल्यान्ड्सका लागि कप्तान पिटर सिलारले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए । आर्यन दत्त र बास डी लिडले १–१ विकेट लिएका थिए ।

यससँगै नेदरल्यान्ड्सले दोस्रो जित दर्ता गरेको छ । यसअघि आइतबार नेदरल्यान्ड्सले मलेसियामाथि १५ रनको जित निकालेको थियो ।

यता, नेपालले सोमबार आफ्नो दोस्रो खेल खेलेको नेपालले मलेसियामाथि ९ विकेटको जित निकालेको थियो । त्यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्याड्सलाई पनि ९ विकेटले नै पराजित गरेको थियो ।

jackson ribon