birat ribon

रियलले भन्यो : अब रोनाल्डो रियल फर्किँदैनन्

Neuro
रियलले भन्यो : अब रोनाल्डो रियल फर्किँदैनन्

विराटनगर / स्पेनिस क्लब रियल मड्रिडले पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो सान्टियागो बर्नाबेउ नफर्किने जनाएको छ । रियका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो रियल नफर्किने बताएका हुन् ।

रियलका सर्वाधिक गोलकर्ता रोनाल्डो सन् २०१८ मा स्पेन छोडेर इटाली गएका थिए । तर युभेन्टसबाट च्याम्पियन्स लिगमा लगातार असफल हुँदैआएका ३६ वर्षीय रोनाल्डो पुनः रियल फर्किने धेरैको आँकलन छ । यस्तैमा अध्यक्ष पेरेजले रोनाल्डो स्पेन नफर्किने बताएका हुन् ।

cura insider

‘एल चिरिङ्गुइटो’सँग उनले भनेका छन्, ‘क्रिस्टियानो रोनाल्डो रियल मड्रिडमा पुनरागमन गर्नेछैनन् । यो भन्ने कुरा पनि होइन, किनकि उनले युभेन्टससँग सम्झौता गरेका छन् । अब उनी रियल फर्किँदैनन् ।’

‘म उनलाई धेरै माया गर्छु’, पेरेजले थपे, ‘उनले हाम्रा लागि धेरै नै गरेका छन्, हामीलाई धेरै कुरा दिएका छन् ।’

jackson ribon