birat ribon

आजबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

Neuro
आजबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

काठमाडौँ / कोभिड–१९ सङ्क्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मङ्गलबार (आज)बाट सुरु हुँदै छ ।

रथयात्राका लागि दिउँसो चार बजे काठमाडौँको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने तयारी गरिएको छ । रथयात्रा भने आज बेलुकी ६ बजेबाट सुरु हुने छ ।

cura insider

रथयात्राको पहिलो दिन सेतो मच्छेन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगी राखिनेछ । असनमा पुर्‍याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । मच्छेन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा पुर्‍याएपछि अन्त्य गरिन्छ ।

सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष रथयात्रा निकालेपछि वर्षा हुने धार्मिक विश्वास पनि रहेको छ ।

कोरोना सङ्क्रमण फैलिन नदिन सुरक्षाको सावधानी अपनाउनका लागि जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउने, रथभन्दा १५ मिनेटअघि नै सांस्कृतिक बाजाको समूहलाई हिँडाउने र एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

jackson ribon