birat ribon

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा देखिन्छन् यस्ता सङ्केत

Neuro
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा देखिन्छन् यस्ता सङ्केत

विराटनगर / शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा कोरोना भाइरसले छिटो र गम्भीर सङ्क्रमण फैलाउने हुन्छ ।

प्रतिरक्षा प्रणालीका कारण मानिसहरू स्वस्थ हुने हुन्छन् । तर, जीवनशैली, खानपानमा लापरवाही, चिन्ता, तनाव, धुम्रपान तथा मदिरापानले प्रतिरक्षा प्रणालीलाई कमजोर पारिरहेको हुन्छ । प्रतिरक्षा प्रणाली बलियो भएमा कोरोना भाइरस मात्र नभई अन्य प्रकारको सङ्क्रमण वा रोगविरुद्ध सजिलै लड्न सकिन्छ ।

cura insider

शरीरमा देखिएका सङ्केतको आधारमा प्रतिरक्षा प्रणाली बलियो वा कमजोर छ भनेर पत्ता लगाउन सकिन्छ । बारम्बार बिरामी हुनु पनि प्रतिरोधात्मक क्षमता कमजोर भएको सङ्केत हो । रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी)का अनुसार एक वर्षमा चार पटकभन्दा बढी खोकी लाग्ने, नाक बग्ने, रुघा लाग्ने वा घाँटी खसखस हुन्छ भने यो कमजोर प्रतिरोधात्मक क्षमताको सङ्केत हुनसक्छ ।

अमेरिकन एकेडेमीको एलर्जी अस्थमा र इम्युनोलजीको रिपोर्टका अनुसार वर्षमा दुई पटकभन्दा बढी एन्टिबायोटिकको कोर्स पूरा हुने गरी सेवन गर्दा पनि ब्याक्टेरियल सङ्क्रमण निको हुन नसकेका व्यक्ति इम्युनोलजी डिसअर्डरबाट पीडित भएको हुन्छ । पर्याप्त निद्रा पाए पनि सुस्त महसुस हुन्छ भने यो प्रतिरोध क्षमता कमजोर भएको कारण हुनसक्छ ।

अत्यधिक थकान पनि प्रतिरोधात्मक क्षमता कमजोर हुनुको लक्षण हुन सक्छ । विज्ञहरूका अनुसार कमजोर भएको प्रतिरक्षा प्रणालीलाई बढी उर्जा चाहिन्छ । रातमा निद्रा नलाग्नु र दिनभरि टाउको भारी हुनुले पनि प्रतिरोध क्षमता कमजोर भएको सङ्केत गर्छ । राती सुत्दा शरीरले मेलाटोनिन हर्मोन उत्पादन गर्छ । उक्त हर्मोनले केही प्रतिरक्षा कोषहरू उत्पादन गर्छ जसले साइटोकिन्स बनाउँछ । साइटोकाइन्सले प्रतिरक्षा कोषहरूलाई सक्रिय गर्छ जसले कुनै पनि प्रकारको सङ्क्रमणलाई हराउन मद्दत गर्छ ।

पेटसम्बन्धी समस्या पनि प्रतिरोध क्षमता कमजोर भएको सङ्केत हुनसक्छ । जोन हपकिन्स युनिभर्सिटीका अनुसार राम्रो ब्याक्टेरिया हाम्रो शरीरको ग्यास्ट्रोइन्टेस्टिनल ट्रयाकमा पाइन्छ जसले सङ्क्रमण प्रतिरोध गर्न एन्टिबडी उत्पादन गर्छ । पेटभित्र रहेका राम्रो ब्याक्टेरियाले पाचनमा ठूलो भूमिका निर्वाह गर्छ । प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसमा झाडापखाला वा कब्जियत लगायतका पेटसम्बन्धी समस्या देखा परिरहेको हुन्छ ।

बाहिरको खाना खाएपछि पेट पोल्ने, झाडापखाला वा कब्जियत हुन्छ भने यी कमजोर प्रतिरोधात्मक प्रणालीका सङ्केत हुन् । त्यस्तै, मुखमा पटक–पटक घाउ आउनु पनि प्रतिरोध क्षमता कमजोर भएको सङ्केत हुनसक्छ । धेरैजसो समय मुख वा जिब्रो टोक्दा मुखभित्र घाउ भइरहेको हुन्छ । तर, शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएमा मुखमा पटक–पटक घाउ आउने हुन्छ ।

तनावका कारण पनि मुखको सतहमा घाउ आउने हुन्छ जसले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउन सक्छ । प्रतिरक्षा प्रणाली बलियो भएको खण्डमा कुनै कारणले सामान्य चोटपटक लाग्दा वा घाउ हुँदा कुनै उपचारबिना निको भई त्यस ठाउँमा नयाँ छाला आउने छ । तर, घाउ भएको स्थानमा औषधि लागउँदा पनि निको नभएमा वा निको हुनका लागि धेरै समय लिइरहेको छ भने शरीरको प्रतिरोध क्षमता कमजोर छ भनेर बुझिन्छ ।

jackson ribon